It takes 0.000122 sec to browse the website. |  Your IP Address is: 38.107.191.96
Afno Search Engine 
देश यतिखेर संविधानसभामय भएको छ । नेपाली जनताले विगत २३५ वर्षदेखिको राजतन्त्रको पञ्जाबाट मुक्ति पाउन र आफ्नो अनुकूलको संविधान आफैँ लेख्न ईतिहासले  यो स्वर्णिम घडीको व्यवस्था गरिदिएको छ । यसमा सहीदहरुको सपना पनि साथै रहेको छ । बाँकी अंश
दीपेन्द्र दोङ तामाङ
संस्थापक तथा सम्पादक
आफ्नोन्यूज मिडिया प्रा. लि.
सम्पादकीय

त्रसित मन लिएर जनताले कसरी मत देलान् ?
 देश यतिखेर संविधानसभामय भएको छ । नेपाली जनताले विगत २३५ वर्षदेखिको राजतन्त्रको पञ्जाबाट मुक्ति पाउन र आफ्नो अनुकूलको संविधान आफैँ लेख्न ईतिहासले यो स्वर्णिम घडीको व्यवस्था गरिदिएको छ । यसमा सहीदहरुको सपना पनि साथै रहेको छ । तर यो ऐतिहासिक निर्वाचनको मौकाबाट जनतालाई बञ्चित गराऊन लोकतन्त्र बिरोधी शक्तिहरु क्रियाशील छन् । अझ निर्वाचनको मिति नजिकिदै जाँदा उनीहरुको सक्रियता झनै बढ्दै गएको अनुभव हुन्छ । यो कुरालाई सबै लोकतन्त्रप्रेमीहरुले मनन् गर्नै पर्छ । तर, बिडम्बनाको कुरा तिनै लोकतन्त्रवादी शक्तिहरु नै एक अर्काको टीका टिप्पणी र गालीगलौज गर्ने कार्यमै मात्र व्यस्त हुन थालेका छन् । कतिपय ठाउँहरुमा त मुठभेड पनि भएका छन् । यस्तो अवस्थामा लोकतन्त्र बिरोधी शक्तिहरुले क्रियाशील हुन पाउनु र निर्वाचन भाँड्ने षड्यन्त्र हुनु नौलो घट्ना पक्कै होइन । र, यस्तै स्थिति अझै जारी रहे चैत २८ गते हुने भनिएको संविधानसभाको चुनाव शान्तिपूर्ण वातावरणमा सम्पन्न होला भनेर आम जनता कसरी ढुक्क हुनसक्लान् र ? अनि मनमा त्रास र भय बोकेर कसरी जनताले सही उम्मेदरलाई भोट देलान् ? यो कुरालाई पनि अब त सबैले मनन् गर्नैपर्छ ।
दीपेन्द्र दोङ तामाङ
संस्थापक तथा सम्पादक
आफ्नोन्यूज मिडिया प्रा. लि.
Headlines | FLASH NEWS
  
Copyright © 2007 AFNONEWS.com, All rights reserved.
Other product and company names shown may be trademarks of their respective owners. No part of the contents can be reproduced without the written permission of the owner.
Best viewed at 1024*768 resolution.
This website has been visited times. Since April 1st, 2008.